शंकर पोखरेलः अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षदेखि एमालेको महासचिवसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 02:56:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ ।

भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताका रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थियो । उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरेका थिए । 

कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका छन् । २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा जन्मिएका पोखरेललाई जनताको बहुदलिय जनवादका व्याख्याताका रुपमा लिने गरिएको छ । 

२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५/२०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२/२०६३ को जनआन्दोलनमा काठमाडौँमा भएको आन्दोलनको नेतृत्व गरेका थिए । गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पस काठमाडौँमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता नै पोखरेल थिए । 

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न तत्कालिन राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए । माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गरिएको विभिन्न प्रकारका छलफलमा उनको सक्रिय सहभागीता रहने गर्दथ्यो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव थिए । 

जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए । संविधान सभामार्फत् राज्यको पुनःसंरचना आवश्यक रहेको निष्कर्षका साथ उनले पार्टीमा राज्य पुनःसंरचना सम्बन्धी लिखित दस्तावेज प्रस्तुत गरेका थिए ।  राज्यको पुनःसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको पनि उनी सचिव थिए । अघिल्लो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भए । 

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा उनले प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुमा पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उनको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको वैचारिक क्षमता र कुशल वक्ताको रुपमा उनी संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पुरा गरेका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्येमा पर्छन् । आर्थिक, सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात गरेको थियो । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात् अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नुपर्दछ भन्ने पोखरेलले २०६६ सालमा सूचना तथा सञ्चार मन्त्रीको भूमिकामा रहेर उत्कृष्ट काम गरेका थिए ।

नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका रुपमा हेरिएका पोखरेल २०७४ सालको निर्वाचनमा दाङ क्षेत्र नम्वर २ (क) बाट प्रदेश सभामा निर्वाचित भई लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बने । संविधानको कार्यान्वयन गर्दै प्रदेश संरचनालाई स्थापित गर्न भूमिका खेलेका पोखरेलले लुम्बिनी प्रदेशलाई उत्कृष्ट प्रदेशका रुपमा स्थापित गर्न कसरत गरेका थिए । 

राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गरेका पोखरेलले पार्टी समस्यामा परेको बेला नेतृत्वदायी भूमिका खेल्दै आएका छन् र लामो समय पार्टी स्कुल विभागको उपप्रमुखको जिम्मेवारीमा रहेर पोखरेलले पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा निकै सक्रियतापूर्वक लागे । 

नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक हुन् । विगतमा पार्टी सचिवका रुपमा काम गरिसकेका पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रका विषय समेटिएका थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । 

उनले साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाएका छन् । पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन पनि गरिसकेका छन् । एक्काइसौं शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उनको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्यसमेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन गरेका थिए । 

एमालेको भविष्यका रुपमा हेरिएका पोखरेल दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित भएका छन् । 

संक्षेपमा शंकर पोखरेलः

१) विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं। १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तान  ।

२) त्रिभुवन विश्वविद्यालयबाट एम।बि।ए। तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।

३)आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्य्दिशाको रुपमा आत्मसात ।

४) नेपालको बामपन्थी आन्दोलनमा स्थापित नेता ।

५) जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका ।

६) विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।

७) अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।

८) अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।

९) २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५÷२०४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका ।

१०) २०६२÷२०६३ को जनआन्दोलनमा काठमाडाँैको मोर्चाबाट आन्दोलनको नेतृत्व  र गणतन्त्रका पक्षमा काठमाडाँै त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता  ।

११) माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्व

१२) माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।

१३) एमालेको सातांै महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।

१४) ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।

१५) छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई लामो समयसम्म पार्टी स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका  ।

१६) ०५१ सालको मनमोहन अधिकारी नेतृत्व सरकारको नीति तथा कार्यक्रम र बजेट मस्यौदाकार ।

१७) फ्रिपीपी (जनताले योजना बनाउने कार्यन्वयन गर्ने र मूल्याङ्कन गर्ने) का पिछल्लो योजनाकार तथा कार्यान्वय कर्ता ।

१८) सातौँ महाधिवेशन (जनकपुर) मा संविधान सभाको निर्वाचन मार्फत जतनाको राजनैतिक अधिकार सुनिश्चितता लागि शुत्रधार कर्ता ।

१९) राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।

२०ं) आठौँ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा प्रस्तुत गर्नुभएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार ।

२१)केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।

२२) साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताका साथ युग लहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन साथै एक्काइसौं शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन ।

२३) नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ।

२४) लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारीमा रही प्रदेश संरचनालाई स्थापित गर्दै लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउन भूमिका खेलेका ।  

२५) दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित ।

प्रस्तुतीः अजय शर्मा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved