बागमती सरकारः कहीँ नभएको जात्रा हेटौँडामा

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 25, 2021 | 11:00:07 AM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेशमा १३ जिल्ला छन् । तर, अहिले यो प्रदेशमा १८ जनाको जम्बो मन्त्रिमण्डल छन् । नेकपा समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री रहेको बागमतीमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री छन् । 

संघियता खर्चिलो भएको भन्दै यसको विपक्षमा जनमत निर्माण भईरहेको समयमा संघियताको विरोध गर्नेहरुलाई बल पुग्ने गरी मुख्यमन्त्री पाण्डेले शुक्रबार ६ मन्त्री थपे । जबकी, यसअघि प्रदेश सरकारमा ७ मन्त्रालय मात्रै थिए ।

गठबन्धन जोगाउन जम्बो मन्त्रिमण्डल

मुख्यमन्त्री पाण्डेले गठबन्धन जोगाउन मन्त्रिमण्डल विस्तार गर्नु परेको बताएका छन् । उनले झट्ट हेर्दा मन्त्रालयको संख्या धेरै भएजस्तो देखिएपनि केही महिना भित्रै मन्त्रालय बढाएको पुष्टि हुनेगरी काम गरेर देखाउने उनको दाबी छ । 

‘मन्त्रिमण्डल समावेशी बनाएका छौँ, चेपाङ समुदायबाट पहिलोपटक प्रतिनिधित्व भएको छ’ उनले भने, ‘दलित छन्, द्धन्दपीडित छन्, मन्त्रिमण्डलमा महिला नै ४ जना हुनुहुन्छ ।’ 

‘केन्द्रदेखि प्रदेशसम्म गठबन्धनको सरकार छ, हाम्रो प्रदेशमा बनेको गठबन्धनमा भएका ३ दलमध्ये हामी अलि सानो छौं,’ पाण्डेले थपे ‘मिलेर जानु पर्ने बाध्यता छ, गठबन्धन त कुनैपनि हालतमा जोगाएरै जानुपर्नेछ ।’

१८ करोडका गाडी 

जम्बो मन्त्रिमण्डल बनाएसँगै प्रदेश सरकारको खर्च पनि बढ्ने भएको छ । मन्त्रालयको सेवा सुविधाबाहेक नै ६ मन्त्रालय थपिएपछि वार्षिक १ करोड ५० लाख रुपैयाँ अनावश्यक खर्च बढ्ने देखिएको छ । 

तत्काल ३० वटा सवारीसाधन खरिद गर्ने तयारी छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई तत्काल २ वटा गाडी किन्न १ करोड २० लाखको स्रोत सुनिश्चिता भईसकेको छ । ३० वटा गाडी किन्दा १८ करोड रुपैयाँ थप खर्च हुने आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved