अर्थमन्त्री पार्टीमा व्यस्त, अर्थतन्त्र अस्तव्यस्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 12:49:59 PM मा प्रकाशित

laxmi  sunrise bank

जनार्दन शर्मा अर्थमन्त्री भएको ६ महिना पुग्नै लाग्यो । तर, आर्थिक वर्षको आधा समय बितिसक्दा पनि कुनै खास ‘रिजल्ट’ उनले देखाउन सकेका छैनन् । युवा जोश र नयाँ कार्यक्रमसहित प्रस्तुत हुन्छन् भनेर युवा पुस्ताहरुले उनको ‘इन्ट्री’मा राम्रै अपेक्षा राखेका थिए ।

ठिक विपरित, नेपालका उद्योगी व्यवसायीले भने जनार्दन अर्थमन्त्रीमा नियुक्त हुँदा कुनै पनि आशा राखेका थिएनन् । एक त अर्थतन्त्रका सम्बन्धमा जानकार नरहेको र अर्को उद्यम व्यवसायका क्षेत्रमा काम नगरेको हुनाले जनार्दन शर्माबाट उनीहरुले कुनै नौलो सुरुवाताको अपेक्षा नगरेपनि चलिरहेको ‘चेन’ नबिग्रियोस् भन्ने कामना गरेका थिए ।

तर, जनार्दन शर्माले प्रतिस्थापन विधेयकका नाममा जेठ १५ मा प्रस्तुत भएको बजेटको सट्टा अर्को बजेट ल्याए । बजेटमा प्रस्तुत भएका कार्यक्रम नौला र सुनौला थिएनन् । यद्यपी, कार्यान्वयन हुँदा अर्थतन्त्रलाई घाटा हुने खालका पनि थिएनन् । तर, कार्यान्वयन पक्ष अत्यन्त कमजोर बन्यो ।

गल्ती नस्वीकार्ने, अरुलाई दोष देखाउने

अर्थतन्त्र अहिले संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने कुनैपनि सूचक सकारात्मक छैनन् । 

चालु खाता घाटामा छ । भुक्तानी असन्तुलन बढ्दो छ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने रेमिट्यान्स ओरालो लागेको छ । ५.३२ प्रतिशतले महँगी बढेको छ । वित्तीय प्रणालीमा तरलता अभाव छ । 

तर, यी सब हुनुको पछाडी अर्थमन्त्री शर्मा आफ्नो कुनै भूमीका छैन भन्छन् । उनको प्रस्तुत हुने शैली पनि २ तरिकाको छ । एकातिर, अर्थतन्त्रमा समस्या छैन पनि भन्छन्, अर्कोतिर अघिल्लो सरकारको कमजोरीका कारण अहिले समस्या आएको पनि भन्छन् । 

पार्टीको काममा व्यस्त

अर्थमन्त्री जनार्दन शर्मा अहिले माओवादी केन्द्रको महाधिवेशनमा व्यस्त छन् । महासचिवको मुख्य दाबेदार मानिएका उनी अध्यक्ष प्रचण्डको पनि प्यारो पात्र हुन् । वर्षमान पुनसँगको आन्तरिक राजनीतिक लडाईमा विजयी हुने दाउमा उनी बेला बेला ‘प्रचण्ड पथ’ ब्यूताउँनुपर्छ भन्ने अभिव्यक्ति दिँदै हिड्ने पनि गरेका छन् ।

मन्त्री हुनासाथ उनले सचिव शिशिर कुमार ढुंगानालाई हटाईदिए । लामो समयदेखि अर्थ मन्त्रालयको वरपर रहेर २ आर्थिक वर्षको बजेट लेखनमा निर्णायक भूमीका निर्वाह गरेका ढुंगानालाई हटाएपछि जनार्दनको ‘ओरालो यात्रा’ सुरु भएको विश्लेषण हुन थालेको छ ।

अहिलेका अर्थसचिव मधु कुमार मरासिनी पनि कम क्षमता भएका होइनन् । तर, प्राविधिक तर्फको उत्पादन भएकाले उनको भूमीका हस्तक्षेपकारी हुन सकेको छैन । विकास बजेट खर्चको सन्दर्भमा अर्थ मन्त्रालयको मात्रै हात नहुने तर्क मन्त्री र सचिवको एकै खालको छ ।

त्यसकारण मन्त्रीको भौतिक उपस्थिती मन्त्रालयमा कम हुने गरेको छ । मन्त्रीकै ‘ट्युनिङ’सँग मिल्ने तर्क सचिवबाटै आउने भएपछि सरकारी खर्चमा पार्टीको काममा दौडिन जनार्दन शर्मालाई फुर्सद मिलेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved