सुकुम्बासीका पीडाः हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2022 | 10:44:04 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको वागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन् । 

नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन् । वर्षा याममा नदि पस्ने त्रासले रातभर अनिदो बस्छन् सुकुम्बासीहरु । अहिले वर्षायाम छ । नदीमा पानीको बहाव झनै उच्च हुन्छ । नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन । वर्षायाम अरु समय भन्दा चिन्ताको विषय बन्छ सुकुम्वासीहरुलाई । हिउँदामा ढल गन्हाएर त्यस्तै हैरान बनाउँछ । 

सुकुम्बासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरुले दुःख त पाएका छन् नै सरकारको पनि खिल्ली उड्ने गरेको छ । सरकारले ढल, फोहोर लगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ । बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन । सुकुम्बासी बस्ती छेउका सडकहरु हिलाम्मे छन् । वरपर वन, बुट्यान र झाडी रहेकाले सर्प लगायतको त्रास पनि त्यत्तिकै छ । 

स–साना झुपडी र टहराबाट वर्षौंअघि शुरु भएको यहाँको बस्ती आजकल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ । कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि शुरु भइसकेको छ । 

सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम शुरु गरेसँगै धेरै घरबिहीनहरु खुशी छन् । तर सरकारले सुकुम्वासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिँड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ । 

कहीँकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरुका लागि पछिल्लो समय सुकुम्वासी बस्ती आशाको सञ्चार भएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved