काण्डैकाण्डले थिचिएका डीजी सापः ‘कर्तुत’ लुकाउन युनियनका नेतालाई ‘थाइल्याण्ड’ घुमाउँदै-३

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 12:24:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी युनियनका नेताहरुलाई ‘हाकिम साप’ले थाइल्याण्ड घुमाउन लैजाने भएका छन् । आधिकारिक कर्मचारी युनियनको म्याद बैशाखमै सकिएको भएपनि महानिर्देशक प्रदीप अधिकारीले विभिन्न राजनीतिक दल समर्थित युनियनका ८ जना नेतालाई थाइल्याण्ड घुमाउन लैजान लागेका हुन् ।

आफूले गर्दै आएका गलत कामहरु बाहिर सार्वजनिक नहुन् भनेर उनले कर्मचारीलाई खुशी पार्न बैंकक घुमाउन पठाउने भएका हुन् । यसका लागि महानिर्देशक अधिकारीले सबै प्रक्रिया पूरा गरिसकेका छन् । 

‘काम केही पनि छैन, भ्रमण मात्रै हो’ विदेश भ्रमणको पालो कहिल्यै नपाएका एक उच्च कर्मचारीले भने, ‘भोलीका दिनमा आफ्ना गलत कर्महरु कर्मचारीबाट बाहिर नआउन् भनेर उहाँ (डीजी)ले कर्मचारी युनियनका नेताहरुलाई बैंकक घुमाउन लाग्नु भएको हो ।’

कुन दल निकट युनियनबाट कति जना जाँदैछन् ?

भदौ ६ गते काठमाडौँबाट क्यानको एउटा जम्बो टोली बैंकक जाने पक्का भईसकेको छ । नेकपा एमाले निकट कर्मचारी संगठनबाट २ जना, नेपाली काँग्रेस निकट कर्मचारी युनियनबाट २ जना र माओवादी केन्द्र निकट कर्मचारी संगठनबाट २ जना कर्मचारीहरु बैंकक भ्रमणमा जाँदैछन् । 

त्यस्तै, मधेशवादी दल निकटको कर्मचारी संगठनबाट १ जना र मोहन वैद्य नेतृत्वको माओवादी निकट कर्मचारी संगठनबाट १ जना पनि भदौ ६ गते नेपाल एयरलाइन्सको जहाजबाट बैंकक भ्रमण जाने भएका छन् । 

यो पनिः
‘काण्डैकाण्ड’ले थिचिएका डीजी सापः जसले ‘फास्ट ट्रयाक’बाट यसरी कमाए अर्बौ सम्पत्ति–२

यसरी ५ वटा संगठनबाट ८ जना कर्मचारीहरुलाई युनियनको महत्व बुझाउन, विभिन्न प्राविधिक तालिमहरु लिनका लागि बैंकक पठाउन लागिएको दाबी क्यान क्यानको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पनि ‘फिल्ड भिजिट’ र ‘अवार्नेशन’को तालिमका लागि कर्मचारीहरु पठाउन लागिएको दाबी गरेका छन् । उनले 'ल्याबर एण्ड ट्रेड युनियन म्यानेजमेन्ट' र 'अनसाइट भिजिट अफ इन्टरनेशनल एयरपोर्ट'का लागि यी फिल्डमा काम गर्ने तहकै कर्मचारीहरुलाई पठाउन लागिएको दाबी गरेका हुन् ।

‘ल्याबर एण्ड ट्रेड युनियन म्यानेजमेन्ट र अनसाइट भिजिट अफ इन्टरनेशनल एयरपोर्ट अर्थात् अन्तराष्ट्रिय एयरपोर्टको अनसाइट भिजिटका लागि त्यो तहमै काम गर्ने साथीहरु जान लाग्नु भएको हो’ भुलले भने, ‘भैरहवा रन गरेका छौँ, पोखरा रन गर्दैछौँ । त्यसका लागि साथीहरुलाई अनुभव हासिल होस् भनेर तालिमकै लागि पठाउन लागिएको हो ।’ 

तर, स्रोतले भने केही कामका लागि नभई त्यत्तिकै घुमाउन मात्रै लाखौँ खर्चेर कर्मचारीहरुलाई पठाउन लागिएको बताएको छ ।

खर्च कति ?

नेपालबाट बैंककको उडानमा नेपाल एयरलाइन्सकै दुईतर्फी भाडा १ लाख ३० हजार छ । ८ जनाको दुईतर्फी भाडा मात्रै न्यूनतम् १० लाख ४० हजार रुपैयाँ हुन आउँछ । 

त्यहाँ रहँदा खाने बस्ने सम्पूर्ण खर्चसमेत क्यानले नै तिर्नेछ । साथमा कर्मचारीले भत्ता पनि पाउने छन् । स्रोतका अनुसार उनीहरुलाई दिनको १५० डलर भत्ता पनि दिईनेछ । भत्ता दिने निर्णय भने सार्वजनिक गरिएको छैन ।

स्रोतका दाबी अनुसार ७ दिनसम्म दिनको १५० अमेरिकी डलरका दरले भत्ता दिँदा एक जनाले मात्रै १०५० डलर अर्थात् १ लाख ३३ हजार ३५० नेपाली रुपैयाँ पाउँछ । 

८ जनाका लागि भत्तामा मात्रै ८४ सय डलर लाग्छ । ८४ सय डलर भनेको आजको मितिमा १० लाख ६६ हजार ८ सय नेपाली रुपैयाँ हो ।

यसअघिः
‘काण्डैकाण्ड’को चाङले थिचिएका ‘डीजी साप’ उर्फ प्रदीप अधिकारी–१

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved