
 2mb (1).gif)
टुकुचा खोला हराएको वर्षौ भएको थियो । पछिल्ला १३ वर्षमा काठमाडौँ महानगरपालिकाले जम्मा ३ पटक यसबारे सूचना जारी गरेको पाइन्छ । तर, तेस्रो सूचना भने ‘एक्सन’मा परिणत हुँदा हराएको टुकुचा खोला ‘जयनेपाल हल’को भवनको जमिनमुनि फेला परेको छ ।
यसअघि २०६६ साल जेठ २४ गते महानगरले एउटा सार्वजनिक सूचना जारी गरेर टुकुचा मिचेर बनाईएका घर तथा भवनहरु हटाउन उर्दी गर्यो । तर, कसैले टेरेनन् ।
यसको १० वर्षपछि २०७६ सालमा महानगरले वडा नम्बर १ र उपत्यका विकास प्राधिकरणलाई टुकुचा खोला खोजिदिन भन्दै पत्र पठायो । पत्र पाएपछि प्राधिकरण केही समय खट्यो, तर त्यसको नतिजा आएन ।
विद्यासुन्दरले आँट नै गरेनन्
२०७६ सालमा वडा नम्बर १ र उपत्यका विकास प्राधिकरणलाई ‘टुकुचा खोला खोजिदिन पर्यो’ भनेर पत्र पठाउँदा काठमाडौँ महानगरका मेयर थिए विद्यासुन्दर शाक्य । महानगरले पठाएको पत्रका सम्बन्धमा प्राधिकरण र वडा कार्यालयले के काम गरिरहेका छन् भनेर उनले एकपटक पनि सोधखोज गरेनन् ।
हात्तीसार क्षेत्रमा पहिला सडक बराबरकै चौडा बनाएर बग्ने टुकुचा खोलाको ४५० मिटर क्षेत्र जमिनमुनि दबाएर त्यसमाथि भवनहरु बनेको सबैलाई थाहा थियो ।
टुकुचा मिचेर बनाइएका आवासीय र व्यसायिक घरहरु भत्काउनु पर्ने भएकाले महानगरले पत्र काटेर अर्कै निकायले काम गरिदिए हुन्थ्यो मनशाय राखेको प्रष्टै बुझिन्छ । खोला नै गायब बनाएर व्यवसायिक र आवासीय घरहरु बनेकाले खोला खोज्दा त्यस्ता भवनहरु भत्काउनुपर्ने भएकाले विद्यासुन्दर शाक्यले त्यो आँट गर्नै सकेनन् ।
जब बालेनले परम्परा तोडे
गत बैशाख ३० (२०७९ बैशाख ३०) गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भए ।
उपमेयरसहित वडाध्यक्षहरु राजनीतिक दलबाट उम्मेदवार बनेर विजयी भएकाले कार्यपालिकामा निर्णय गर्न कठिन हुने ठानेर मेयर बालेनले सुरुमै कार्यपालिका बैठक लाइभ गर्ने निर्णय गरिदिए । त्यसपछि उनलाई निर्णय गर्न सहज भयो ।
लगत्तै, साउनमा बालेनले टुकुचा खोलाको विषय पुनः ब्यूँझाए । साउन १२ गते महानगरले ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौँ प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउनू’ भनेर सूचना जारी गर्यो । यदि अटेर गरे ती संरचना महानगर आफैँले बल प्रयोग गरेर हटाउने चेतावनी पनि दिइएको थियो ।
यसपटक पनि अघिल्ला वर्षहरुमा जस्तै ‘कर्मकाण्डी’ सूचना जारी भएको होला भनेर कसैले वास्ता गरेनन् । तर, सबैको अनुमान विपरित बिहिबार दिउँसो अपरान्ह जय नेपाल हलको कम्पाउण्डमा महानगरको डोजर पुग्यो, सुरुमा माइकिङ गरियो र खन्न थालियो । १५ फिट जति खनेपछि टुकुचा खोला फेला पर्यो । टुकुचालाई जमिनमुनि दबाउन गोलाइ खालको इटा लगाएर ढाकिएको थियो ।
निर्मल निवासबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार परिसरभित्र बगिरहेकै छ भने नारायणहिटीको पर्खालबाट बाहिर निस्केपछि खोला गायब छ ।
हराएको खोला फेला परेपछि स्थानीय खुशी भएका थिए । त्यहीँ भिडमा एक जना वृद्ध महिलाले बालेनलाई भेट्न मन भएको भन्दै हात जोडेर धन्यवाद नै दिइन् ।
सँगै, उपमेयर सुनिता डंगोल आफैँ पनि त्यहाँ पुगिन् ।
हराएको टुकुचा खोला नै भेटिएपछि अहिले मेयर बालेनको चर्चा सर्वत्र चुलिएको छ । ठूला कर्पोरेट हाउसदेखि
शनिबार कमलादीमा पनि भेटियो
कमलादीमा पनि टुकुचा खोला फेला पारेको छ । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको केन्द्रीय कार्यालय नजिकै खोतल्दा टुकुचा खोला फेला परेको महानगरले जनाएको छ ।
१२ फिट जति खन्दा टुकुचा खोला भेटिएको महानगरले जानाएको हो ।