चाडपर्वमा कसरी जोगिने कोरोना महामारीबाट ? (भिडियो टिप्स)

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Oct 21, 2020 | 01:01:46 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्ष कोरोना महामारीका चाडपर्व मनाउनु पर्ने बाध्यता छ । विगतको जस्तो परिवारजन र आफन्तहरु मिलेर रमाइलो गर्ने परिस्थिति छैन ।

कोरोना संक्रमितहरु अत्याधिक भएको काठमाडौँ उपत्यकाबाट ठुलो संख्यामा मानिसहरु चाडपर्व मानौं गाउँ गएका छन्  । यस्तो अवस्थामा  कोरोना भाइरसको सावधानीका साथ मनाउनु पर्ने देखिन्छ । नेपाल सरकारले समेत यस वर्षको पर्व विगतको जस्तो उल्लासको साथ नभई जो जहाँ छ त्यहीबाट मनाउन अनुरोध गरेको छ ।

सरकारले मात्र होइन जनस्वास्थ्यविद्हरुले पनि यस वर्षको पर्वमा सावधानी अपनाउँन भनेका छन् । दशैं तिहारमा एक आपसमा जमघट गर्दा, आफन्तबाट टिका लगाउँदा, किनमेल गर्दा, यात्रा गर्दा तथा साथिभाई मिलेर रमाईलो गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन भनेका छन् । 

जनस्वास्थ्यविद् डा. शरद वन्तले पनि यस वर्षको पर्वमा सकभर भेघाट नै नगर्न सुझाव दिएका छन् । उनले दशैंमा घर नजान समेत आग्रह गरेका छन् । यदि दशैंमा घर जानै पर्ने भए त्यसका लागि उनले विभिन्न सावधानी अपनाएर मनाउन भनेका छन् । कोरोनाबाट सुरक्षित रहनेगरी कसरी चाडपर्व मनाउने भन्नेबारे उनले विभिन्न टिप्सहरु समेत दिएका छन् ।

हेर्नुस भिडियो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved