दशैँमा घर रंगरोगनः यी हुन् ध्यान दिनैपर्ने कुरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 02:03:17 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँमा घरको रंगरोगन पनि प्रमुख कामभित्र पर्छ । घरको बाहिरी भित्ता, भित्री भित्ता तथा प्लास्टरमा रंग लगाएपछि बल्ल दशैँ भित्रिएको आभाष हुन्छ । गाउँ घरमा रातो माटो र कमेरोको चलन रहेपनि भूकम्पपछि अधिकांश घरहरु सिमेन्टेड बनेकाले अहिले राम्रो ब्रान्ड छनोट गरेर घरमा कलर गर्न थालिएको छ ।

घरमा यस्तै रंग लगाउनुपर्छ भन्ने पूरानो सोच अहिले विस्तारै हराउँदै गएको छ । घरको बनावट, उचाई, क्षेत्रफल आदिका आधारमा झट्ट हेर्दा राम्रो देखिने खालको रंग लगाउने गरिन्छ । आकर्षक देखिने खालको रंग लगाउन मानिसहरु लालायित छन् ।

रंग छनोटमा ध्यान दिनुपर्ने पक्ष

रंगरोगनका लागि जस्तो पायो त्यस्तो रंग लगिए त्यो टिकाउ नहुने र आकर्षक पनि नदेखिने विज्ञहरु बताउँछन् । फेशन पेन्टस्का सञ्चालक प्रभाकर आचार्य घरको भित्री र बाहिरी वालमा लगाउनुपर्ने कलर फरक फरक हुने भएकाले त्यसमा विशेष ध्यान दिईनुपर्ने बताउँछन् ।

घरको भित्री वालमा लगाउने रंग बाहिर लगाउन नमिल्ने विज्ञहरुको सुझाव छ । उज्यालो कति मात्रामा कोठामा प्रवेश गर्छ भन्ने आधारमा घरको भित्रि भागमा कलरिंग गर्न व्यवसायीहरुले सुझाव दिएका छन् ।

घाम वा उज्यालो राम्रोसँग प्रवेश गर्ने कोठामा ‘डार्क शेड’हरु प्रयोग गर्न सकिनेछ । तर, उज्यालो कम छिर्ने कोठामा डार्क शेड प्रयोग गर्दा कोठा झनै अँध्यारो हुन्छ । 

घरको बाहिरी भागमा पिंक (गुलाबी), ओरेन्ज (सुन्तला कलर) भायोलेट शेडहरु प्रयोग गर्दा चमक खासै टिक्दैन । त्यसैले घरको बाहिरी वालमा बलौटे वा  क्रिम किसिमको रंग प्रयोग गर्नु उपर्युक्त हुने व्यवसायीको सुझाव छ ।

चिसोपनाबाट जोगाउनु आवश्यक

घरको भित्तामा लगाईएका रंगहरु लामो समय टिकाउन ओशबाट जोगाउनुपर्छ । यसका लागि सुरुमै सचेत हुनुपर्छ । प्लास्टर सकेर रंगरोगन पनि गरिसकेपछि जोगाउँछु भनेर सम्भव नहुने भएकाले प्लम्बिङ्गदेखि प्लास्टरसम्मै ध्यान दिनुपर्ने विज्ञको सुझाव छ ।

हतार गरेर प्लास्टर चिसो हुँदै रंग लगाउनु हुँदैन । राम्रोसँग प्लस्टर सुकेपछि मात्रै रंग लगाउनुपर्छ । चिसै प्लास्टरमा रंग लगाउँदा गुणस्तरीय कलर लगाएपनि धब्बा देखिने, उप्किने र खुईलिने तथा सानो पानीको बाछिट्टाले पनि बगाउने हुन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved