४९९ मै मोबाईल बेच्दै रिचार्जर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 02:15:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैंयामा मोबाइल अफर पाईने भएको छ । रिचार्जरका एक जना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४९९ रुपैंयामा खरिद गर्न सक्ने छन् । भदौ १९ गते बिहिबारका दिन रिचार्जर एपबाट ४९९ रुपैंयामा मोबाइल खरिद गर्न सकिने भएका हो । 

बिहिबार मध्यान्ह १२ बजेदेखि सुरु हुने अफर ४ घण्टासम्म चल्नेछ । रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको छ ।

साथै एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचार्जरले वान प्लस सेभेन मोबाईल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास व्याक दिने योजना पनि ल्याएको छ । योजना अनुसार एनआईसीको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टा भित्रमा सेवाग्राहीको बैंक खातामा पाउने छन् । 

अन्य फोन पे एपहरुबाट उक्त मोबाइलको रकम भुक्तान गर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुनेछ । त्यसै गरी रिचार्जरले पनि उक्त मोबाइल किन्दा ५ प्रतिशत रकम बराबरको क्यास व्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था मिलाएको छ । 

साथै रिचार्जरबाट सामसुङ नोट १० र नोट १० प्लस मोबाइल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने भएको छ । 

ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले केही समय अघि मात्र अपडेट गरिएको एपबाट सहज रुपमा आवश्यक उपकरणहरु खरिद गर्न सकिने बताए । भदौ ११ गतेदेखि चलिरहेको ग्याजेट्स मेलामा अफर भित्र अफर चलिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved