प्रभु पेमार्फत ग्यापुबाट सामान किन्दा १० प्रतिशत पैसा फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 05:33:28 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सनसहित ओटिटि (मोबाइल टिभि) निशुल्क प्राप्त गर्ने भएका छन् । प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक पाउने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

ग्यापुको दशैं तिहार योजना अन्तर्गत दिइने क्यासब्याक २५ लाख बराबरको रहने बाताइएको छ । प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्तामध्ये हरेक १५ दिनमा एक जनालाई एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसनसहित प्रभु टिभि दिने जनाएको छ। अन्त्यमा एक जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन दिईने खड्काले बताए।

ग्यापुको बेवसाइटबाट सपिङ अर्डर गर्दा प्रभु पेको वालेटबाट पैसा तिरेर वा सामान डेलिभरीको बेला पनि प्रभु पेको क्युआर कोड स्क्यान गरेर क्यास ब्याक लिन सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved