दराजको दशैं अफर: 'अपाचे बाईक उपहारदेखि लुडो प्रतियोगितासम्म'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 06:38:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन शपिङ साइट दराजले दशैं सेल ‘दराज दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । कम्पनीले घरबाट नै दशैँको किनमेल गर्न सकिने गरी योजना ल्याएको हो । 

असोज १९ गतेदेखि शुरु हुने यस योजना अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा मेगा डिल्स्, दराज मलमा पाहिने ब्रान्डेड उत्पादनहरूमा छूट्, आकर्षक भौचर, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४ भी एस डि, कार्ड प्रीपेमेन्टमा छूट्, फ्ल्यास सेल्स, निशुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल  गेमहरू, दराज वन रुपी गेम, वील अफ फोर्च्युन र अन्य आकर्षणहरु रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले विभिन्न बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २० प्रतिशत (अधिकतम २५ सय रुपैयाँ)सम्मको छूट्को पनि व्यवस्था गरेको छ । कम्पनीका अनुसार नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंक बैंकका ग्राहकहरूले यस छुट पाउन सक्ने छन् । 

कम्पनीले अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ। प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरु बीच हुने छ। पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भाउचर जित्ने, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर र तेस्रो देखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरुले अमेरिकी २५ डलर जित्ने जनाइएको छ ।

त्यस्तै, नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जीत्ने सक्ने र दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्न सक्ने कम्पनीले जनाएको छ । प्रतियोगिता असोज २१ देखि २२ गतेसम्म हरेक दिन दिउँसो १ देखि साँझ ७ बजेसम्म दराज एन्ड्रोइड एपमा आयोजित हुनेछ। कम्पनीका अनुसार प्रतियोगितामा भाग लिनको लागि असोज ५ देखि २१ गतेसम्म दराज एप मार्फत अनिवार्य दर्ता गर्नु पर्ने हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved