'स्मार्टडोकोमा स्मार्टफोन जित्ने मौका'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 05:23:10 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टडोकोमा सेल CellPay  पे मार्फत भुक्तानी गर्दा सामसुङको स्मार्टफोन जित्न सकिने भएको छ । दशैंको अवसरमा स्मार्टडोकोले ल्याएको “स्मार्ट दशैं अफर” अन्तर्गत ग्राहकले सामसुङको स्मार्टफोन जित्ने मौका पाउने भएका हुन् । 

कम्पनीका अनुसार अफरबाट ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउने छन् । जसका लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । स्मार्टडोकोमा बिहान ११ बजेसम्म सामान अर्डर गरेमा सोही दिन अडर डेलिभरी हुनेछ ।

स्मार्टडोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया र अन्य धेरै ब्रान्डका सामानहरु छुटमा किन्न सकिन्छ । ग्राहकहरुले १० हजार भन्दा धेरै थरीका सामानहरु स्मार्टडोको मार्फत किनमेल गर्न पाउने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved