एक्सलट्रिपले ल्यायो क्यास ब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 06:13:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सलट्रिप नेपालले चाड पर्वको अवसरमा क्यास ब्याक योजना ल्याएको छ । जस अन्तर्गत कम्पनीले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएको हो । दशैं तिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३ सय रुपैयाँ निशुल्क क्यास ब्याक प्राप्त गर्न सकिने छ। यसरी पाउने ३ सय रुपैयाँ संसारभरिका जुनसुकै होटल तथा प्लेन बुकिङमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले प्रोमोटिङ नेपाल र प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल अभियान नै सञ्चालन गरेको छ। एक्सलट्रिपले नेपालको पर्यटनलाई प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको जानकारी दिएको छ। यसका लागि सम्बन्धित निकायसंग पनि छलफल सुरु गरिसकेकोे एक्सलट्रिपका उप–राष्ट्रिय निर्देशक शरद प्रधानले बताए । 

एक्सलट्रिप नेपालकै पहिलो ओटीए प्लाटफर्म हो । एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइटबाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved