एनआईसी एशियाले दशैंको किनमेलमा छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 07:35:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चार्ड पर्वको अवसरमा क्यास ब्याक अफर योजना ल्याएको छ । बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिदमा नगत फिर्ता योजना सार्वजनिक गरेको हो । 

बैंकका अनुसार सस्तो डिल, ग्यापु मार्केटप्लेस, ठुलो पसल, ओकेदाम र कलमार्ट जस्ता ई–कमर्शमा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता पाइने छ । 

योजना अन्तर्गत सस्तो डिल र ग्यापुमा २० प्रतिशत वा २ हजारसम्म, कलमार्टमा २५ प्रतिशत वा १५ सयसम्म, ठुलो पसल, इन्फीस्टन र ओकेदाममा १५ प्रतिशत वा १ हजार रुपैयाँसम्म नगद फिर्ता हुनेछ । यो योजना २७ असोज देखि १ कार्तिकसम्म लागु हुने छ ।   

बैंकले ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्ग मार्फत् सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved