दशैंमा स्याङयोङ्गको गाडी किन्दा ३ लाखसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 07:40:49 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंको अवसरमा स्याङयोङ्ग मोटर्सको गडी किन्दा ३ लाख रुपैयाँसम्म छुट पाइने भएको छ । नेपालको लागी स्याङयोङ्गको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले दशैं तिहारको अवसरमा ल्याएको “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” योजना अनुसार ग्राहकले यस्तो छुट पाउने भएका हुन् । 

योजना अनुसार ग्राहकहरूले ३ लाखसम्म छुटका साथै आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले कोरोना भाइरसको बेला अग्रपङ्तीमा खटिने डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरुलाई थप १ लाख रुपैयाँ डिस्काउन्ट दिइने उल्लेख गरेको छ ।

यसका साथै उक्त ब्राण्डको गाडी खरिद गर्दा एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिलो फाइनान्स, तीन बर्ष वारेन्टि, तीन बर्षसम्म निःशुल्क मर्मत, २५ हजार बराबरको निःशुल्क एसेसोरिज र निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म) को सुविधा समेत प्राप्त गर्न सकिने छ । 

उक्त अफर असोज २८ गतेदेखि कार्तिक २६ गतेसम्म लागु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved