खसी बोकाको प्रति किलो मूल्य ५५०, सोमबारबाट बिक्रि सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 05:46:28 PM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो पाँच सय ५० मा जिउँदो खसी तथा बोकाको बिक्री वितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरवाट पहिलो लटमा खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार प्रतिकिलो पाँच सय ६० मूल्य निर्धारण गरिएको छ । जसमा सुपथ मूल्य पसलमा राखिएका खाद्य वस्तुमा दिईएको छुट अनुसार खसीबोकामा समेत प्रतिकिलो दश रुपैयाँ छुट दिईनेछ । छुट दिदा प्रतिकिलो पाँच सय पचास कायम रहनेछ ।

 पहिलो लटमा मकवानपुरबाट २ सय ५ र दाङबाट २ सय गरी ४ सय ५ खसीबोका आइपुगेको छ । सोमबार बिहान ८ बजेबाट कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरणको तयारी भएको छ ।

दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको कम्पनीले मूल्यमा वृद्धि भएको भन्दै यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved