बेच्न ल्याईएका खसी बोकाको रगत संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 09:52:34 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैंका लागि ल्याईएका पशु चौपायामा महामारी रोग हुनसक्ने सम्भावना भएको भन्दै काठमाडौँ महानगरले रगतको नमूना संकलन र परीक्षण सुरु गरेको छ । बिक्री तथा वितरणका लागि काठमाडौँमा ल्याइएका खसी, बोका, भेडा, च्याङ्ग्रामा महामारी रोग छ कि छैन थाहा पाउन आजबाट रगतको नमूना संकलन र परीक्षण थालेको जनाईएको छ । 

खोटाङ्, नेपालगञ्ज, सिन्धपाल्चोक, काठमाडौंलगायत बिभिन्न जिल्लाबाट ल्याइएका खसी बोका र मनाङबाट ल्याईएको च्याङ्ग्राको रकम परीक्षण टुकुचामा गरिएको महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले जानकारी दिए । उनका अुनसार मंगलबारबाट रगतको नमूना लिएर काम थालनी गरिएको छ ।  

‘स्वच्छ मासु र पशुजन्य खाद्यबस्तुका लागि हामीले पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमूना संकलन र परीक्षण थालेका हौं ।’ नमूना लिँदै डा झाले भने, ‘अहिले लिइएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपिआरलगायत रोग परीक्षण गर्छौं । यसबाट कुन—कुन जिल्लाका पशुमा कस्ता—कस्ता खालका समस्या छन् थाहा पाउन सकिन्छ ।’ 

नमूना संकलन र परीक्षण महानगरको स्वीकृत कार्यक्रम भएको भन्दै नियमित गरिने उनि बताउँछन् । ‘अहिले रगतको नमूना लिएका छौं । हामी मासु, अण्डा, दानालगायत पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको संकलन र परीक्षण गर्छौं’, उनले भने । 

नमूना संकलनका लागि महानगरले संघ सरकारअन्तर्गतको पशुसेवा बिभाग, प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रसँग समन्वय गरेको छ । महानगरले दशैँका लागि ल्याईएका पशु चौपायाको स्वास्थ्य परीक्षण गरेर निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउँदै आएको छ । 

आज लिईएको नमूनाको नतिजा ४ दिनपछि आउँने महानगरले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved