थापाथलीबाट ७ सय ५ खसी बोका बिक्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 11:31:54 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँका लागि खसी तथा बोका ल्याएर बिक्री वितरण गर्दै आएको खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले ७ सय खसीबोका बिक्री गरेको छ । सोमबार बिहानबाट बिक्री सुरु गरेको कम्पनीले एकैदिन ५ सय ४० खसी तथा बोकाको बिक्री गरेको छ । 

सोमबार बेलुका सम्म कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरमा आएका ६ सय ५ खसीबोका मध्ये बाँकी भएका ४५ र मंगलबार बिहान थप आएका १ सय गरी बिहानै १४५ खसीबोका बिक्री भैसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । उनका अनुसार हेटौँडा र दाङबात थप २ सय ९५ आउने क्रममा रहेको छ । 

उताबाट हिडेसकेको भन्ने जानकारी आएको छ, आज साझँ सम्म आइपुग्यो भने बुधबार बिहान बिक्री हुने कम्पनीले जनाएको छ । अनुमान गरेभन्दा धेरै बिक्री हुँदा कम्पनीको बिक्री कक्ष नै खाली भएपछि आज दिनभर बिक्री हुने सम्भावना न्यून रहेको जनाईएको छ ।  

खसीबोका थप गर्ने विषयमा उद्योग मन्त्रालयसँग छलफल गरेर साझँसम्म जानकारी आउने जनाईएको छ । खाद्यले प्रतिकिलो १० छुट दिएर ५५० मा खसी तथा बोका बिक्री गरेको छ ।

निजी क्षेत्रका खसी व्यवसायीहरुले प्रतिकिलो ६ सय देखि ६५० सम्म बिक्री गरेका छन् । सरकारी कम्पनीको खसीबोका अनुमान गरेभन्दा धेरै बिक्री भएतापनि अन्य व्यापारीहरुले बिक्री नै नभएको जनाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved