मोबाइल बैंकिङ मार्फत दक्षिणा दिए एनआईसी एशियाले १०० रुपैयाँ थपिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2020 | 08:33:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल बैंकिङ्गबाट दिदीबहिनीलाई दक्षिणा दिँदा एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले आफ्नो तर्फबाट एक सय रुपैयाँ प्रदान गर्ने भएको छ। डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्नलाई यो योजना ल्याइएको बैंकले जनाएको छ। 

बैंकले भाईटिकामा आफ्ना ग्राहक महानुभावहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा  एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रदान गरेमा दक्षिणा रकममा थप एक सय रुपैयाँ आफ्नो तर्फबाट प्रदान गरिदिने जनाएको छ ।

बैंककाअनुसार भाईटिकाको दिनको लागि यो योजना लागू गरिएको र योजनामा सहभागी हुन न्यूनतम ५०० स्थानान्तरण गर्नुपर्ने छ । यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम ३०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन। उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved