सानिमाको ‘दशैं धमाका’ योजना, ५ सय क्यास ब्याकदेखि २५ सय छुटसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 07:03:39 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंंको अवसरमा सानिमा बैंक Sanima Bank Limited ले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ । 

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय सम्मको छुट  प्राप्त गर्न सकिनेछ । 

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ । 

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिँदा  ५०० क्यासब्याक पनि प्रदान गर्दै आएको छ । यो योजना आश्विन १ देखि कात्र्तिक ३० गतेसम्म लागू हुनेछ ।

सानिमा बंैकले हाल १०६ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved