आइएमईको दशैँ अफर योजनाको पहिलो हप्ताका बिजेता घोषणा, कसले कति जिते ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 07:12:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमईले पर्व लक्षित डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता बनेका छन् ।

पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । 

बिजेताहरु संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५०७ रुपैयाँ र ४८ हजार २० रुपैयाँ नेपाल पठाएका थिए । अफर अनुसार आइएमईले उनीहरु वा उनीहरुका सिफारिसमा आफन्तलाई क्रमशः ८३ हजार ०१४ रुपैयाँ र ९६ हजार ४० रुपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ । 

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहिआएको छ । 

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ । 

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved