वल्र्ड रेमिटबाट एनआईसी एशियाको खातामा पैसा पठाउँमा ४ सय बोनस पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 03:32:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीको लागि दशैंको अवसरमा वल्र्ड रेमिटमार्फत रकम पठाउँदा खातामा ४०० बोनस रकम उपलब्ध गराउने योजना ल्याएको छ । 

असोज ११ देखि कार्तिक १० सम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । ४०० बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुने बैंकले जनाएको छ ।

वल्र्ड रेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपालीले स्वदेशमा रहनुभएका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्नेछन् ।

एनआईसी एशिया बैंकले हाल ३५६ शाखा, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved