राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल कारोबारमा क्यास ब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 05:08:26 PM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैक Rastriya Banijya Bank ले दशै, तिहारको अवसरमा पोइन्ट अफ सेल (पोस) को माध्यमबाट कारोबार गर्दा क्यास ब्याक अफर ल्याएको छ । बैंकले १ हजार वा सो भन्दा बढीको क्यास स्वीप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो ।

यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुनेछ ।

यस अन्तर्गत ३ देखी ५ पटकको क्यास स्वीपमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५ सय, ६ देखी १० पटकको कार्डं स्वीपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा रु.७५०, ११ देखी १५ पटकको स्वीपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा रु.१,००० मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुनेछ ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved