कोकाकोलाको बोतलमा ‘धन्यवाद’ लेबल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 05:56:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुराष्ट्रिय कम्पनी कोकाकोलाले दशैँको अवसरमा बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरेर सार्वजनिक गरेको छ । कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी दशैँ लक्षित  धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी गराएको हो ।

बोतलमा धन्यवाद शब्द लेबल गर्नुको मुख्य उदेश्य कोभिड १९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई धन्यवाद व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ । 

कोकाकोलाले आमा, बुबा, दाई, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि ८ वटा नयाँ लेबल प्रस्तुत गरेको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved