डिशहोमको रिचार्जमा बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 05:37:37 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडवाडको अवसरमा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले बोनस पाउने भएका छन् । यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयासम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिनेछ ।  

यो योजना संगै ग्राहकहरुले अव मासिक रु ८९९ मा नै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् । यस्तै डिशहोमको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।

हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नुहुनेछ । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved