हुण्डाईको हाईवेमा फ्रि चेक अप क्याम्प, लुब्रिकेन्ट तथा कूलान्ट निःशुल्क

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 10, 2021 | 04:42:26 PM मा प्रकाशित

laxmi bank

नेपालको लागि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले हुण्डाई हाईवे एसुरेन्स कार्यक्रम आयोजना गरेको छ । 

हुण्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याम्प अन्तर्गत कम्पनीले आफ्ना ग्राहकको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुण्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ । 

दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ । 

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड ९काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सीरीन हाईवे), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगंज (पतलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स) हरुमा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरीेएको छ ।

यो कार्यक्रम असोज २४ देखि २६ गते सम्म बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved