होण्डा फेस्टिभ योजनाको पहिलो विजेता बने संजय नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 05:21:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता घोषणा गरिएको छ ।

बुटवलको ड्राइभवे व्हिलस् प्रा.लि. बाट डब्लुआरभी–एसभीएमटी खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्र मार्फत ३ लाख ५० हजार नगद उपहार प्राप्त गरेका हुन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुट पाउन सक्ने छन् ।

यसका साथै हरेक १५ दिनमा एक जना ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved