सिटी एक्सप्रेसद्वारा ५ जना लखपति बिजेताहरुको नाम घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2021 | 04:59:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको ५ भाग्यशाली बिजेताको नाम सार्वजनिक गर्दैे योजना समापन भएको घोषणा गरेको छ । 

सोही योजना अन्तर्गत  ५ जनाले जनही १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जान्कारी गराएको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकीे , मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन् । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई  १० हजार  उपहार प्रदान गरेको छ साथै हरेक महिना ५ जनालाई १ – १ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सफल भएका छन्  ।

 “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि  कार्तिक ३० गते सम्म चलेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved