दशमीको दिन राष्ट्रपतिले ४ घण्टा टिका लगाईदिने, यस्तो छ तालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 05:20:24 PM मा प्रकाशित

laxmi  sunrise bank

विजय दशमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणहरुलाई टिका लगाईदिने भएकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार दशमीको दिन अर्थात् असोज १९ गते बुधबार राष्ट्रपति भण्डारीले ४ घण्टा टिका लगाईदिने भएकी हुन् ।

जस अनुसार दिउँसो २ बजे देखि ३ बजेसम्म राष्ट्रपतिले सम्माननीयहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसदका सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू एवम् विशिष्टहरुलाई टिका लगाईदिने छिन् । त्यस्तै ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टिका लगाईदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार टिका लगाउन इच्छुकहरुले मर्यादित पोशाकमा प्रवेशद्वारा १ बाट प्रवेश गर्नु पर्ने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved