बडा दशैंको अवसरमा सनराइज बैंकको निःशुल्क बस सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2022 | 09:20:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले बडा दशैंको अवसरमा निशुल्क बस सुविधा उपलब्ध गराउने भएको छ। बैंकले आफ्नो १५ औं बार्षिकोत्सवको अवसर र दशैंलाई मध्यनजर गरेर निःशुल्क बस यात्राको सुविधा प्रदान गरेको हो। 

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्युनिकरण गर्ने अभिप्रायसाथ बैंकले निःशुल्क बस सेवा दशैको टिकाको दिन बैंकले निशुल्क बस सेवा दिन लागेको हो। 

बैंकले साझा यातायात संग सहकार्य गरीे काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझा बसहरु निशुल्क संचालन गरेको हो । करिब ३० वटा बसहरु मार्फत बिहान ८ बजे देखि साझ ६ बजे सम्म सेवा दिइने बैंकले जनाएको छ ।बैंकले यहि असोज २५ गते आफ्नो १५ औं वार्षिक उत्सव मनाउदै छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved