
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा
शुभकामना व्यक्त गरेकी छन् ।
उनले शुभकामना सन्देशमा राष्ट्रिय विभूति
शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने
मौलिक राष्ट्रिय संवत् रहेको उल्लेख गरेकी छन् ।
नेपाल संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस
दिनलाई नेपाल संवत्को नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा,
धुलिखेल,
बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको
बाहुल्यता रहेका स्थानहरूमा भव्यताका साथ मनाउने गरिन्छ ।
लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ
उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्लाई
प्रचलनमा ल्याएको मानिन्छ । ‘नेपाली समाज सभ्य र सहिष्णु समाज हो‚ हाम्रा चाडपर्व
र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन्,’ शुभकामना मन्तब्यमा उनले भनेकी छन्, ‘राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण
गर्दै आजको दिनमा निस्स्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन
हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।