नेईमारले तोडे रोनाल्डोको रेकर्ड, पेलेको रेकर्ड तोड्ने आँकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 02:00:59 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप छनौट खेलमा ब्राजिलले पेरुलाई पराजित गरेको छ । आज बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा नेईमारले ह्याट्रिक गरे भने अर्को एक गोल रिचरलिसनले गरेका हुन् । नेईमारले गरेका ३ मध्ये २ गोल पेनाल्टी मार्फत भएको थियो । नेईमारले २८ औ र ८३ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् भने अन्तिम गोल ९४ औ मिनेटमा गरेका हुन् । रिचरलिसनले ६४ मिनेटमा गोल गरेका हुन् । खेलमा पेरुका २ खेलाडीले रेड कार्ड पाएका थिए ।

आजको खेलमा ह्याट्रिक गरेसंगै नेईमारले ब्राजिलको गरेको गोल संख्या ६४ पुगेको छ । यस सँगै उनले ब्राजिलका पुर्व स्टार खेलाडी रोनाल्डो लिमाको रेकर्ड तोडेका छन् । रोनाल्डोले ९८ खेलमा ६२ गोल गरेका थिए । रोनाल्डोले ब्राजिलको टिमबाट १७ वर्ष खेलेका थिए । त्यस अवधिमा उनले २ पटक विश्वकप, २ पटक कोपा अमेरिका र एक पटक कन्फीडरेशन कप जितेका थिए ।

नेईमारको भने १०३ खेलबाट ६४ गोल पुगेको छ । यस संगै नेईमार ब्राजिलको लागि सर्बाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । पेले ब्राजिलको सर्बाधिक गोलकर्ता हुन् । पेलेको नाममा ७७ गोल छ । नेईमार भर्खर २८ वर्ष पुगेको र उनले अझै देशको लागि निरन्तर खेल्ने भएकोले उनले पेलेको रेकर्ड पनि तोड्न सक्ने आँकलन गरिएको छ । ब्राजिलियन टिमका पुर्व खेलाडीले काफुले नेईमारले पेलेको रेकर्ड तोड्ने दाबी गरेका छन् । 

अब नेईमारले १३ गोल गरे पेलेको रेकर्ड बराबर हुनेछ भने १४ गोल गरे सो रेकर्ड तोडिने छ । पेलेले भने ब्राजिलको टिमबाट ३ पटक विश्वकप जितेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved