नेपालले घरेलु मैदानमा दर्शकसहित विश्वकप छनौटका ३ खेल खेल्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 20, 2021 | 09:54:38 AM मा प्रकाशित

sarbottam cement

फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ का छनौट चरणका बाँकी तीन खेल नेपालले घरेलु मैदानमै खेल्ने भएको हो । गत मार्च÷अप्रिलमा हुनुपर्ने छनौट खेल कोरोनाका कारण स्थगित भएका थिए । अब बाँकी ३ खेल नेपालले दशरथ रंगशालामा दर्शकसहित खेल्न पाउने भएको हो । 

नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते प्रतिस्पर्धा गर्ने नेपालले जोडर्नसँग भने जेठ १२ गते खेल्ने छ । 

तीनै खेलमा दर्शकलाई प्रवेश दिईने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । छनोट खेल हेर्न आउने दर्शकलाई बिक्रि गर्ने टिकटबाट १ करोड १० लाख रुपैयाँ आम्दानी गर्ने एन्फाको लक्ष्य छ । 

छनोटमा समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ । ‍चाइनिज ताइपेईलाई हराएको नेपाल चार खेलमा पराजित भएको थियो।

नेपाल रहेको समूह ‘बी’ अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन दोस्रो र तेस्रो स्थानमा छन् । कुनै अंक नजोडेको चाइनिज ताइपेई पुछारमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved