बेष्ट फाइनान्सद्वारा २ दिने तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 12:46:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स कम्पनीले पोखरामा २ दिने तालिम र बजेट कन्फ्रेन्स सम्पन्न गरेको छ । फाइनान्सले शाखा प्रबन्धकका लागि क्रेडिट प्रपोजल लेखन तालिम र विभागीय प्रमुखका लागि आगामी आ.ब को कार्य योजनाका लागि बजेट कन्फ्रेन्स गरेको हो ।

फाइनान्सका १४ शाखाका शाखा प्रबन्धक तथा विभागीय प्रमुख सहित २५ जनाको सहभागिता रहेको उक्त तालिम र बजेट कन्फ्रेन्समा प्रमुख प्रशिक्षक वि.एन घर्तीले सहभागीलाई क्रेडिट प्रपोजल लेखनका विषय लगायत वित्तीय बजारको विविध विषयमा सहजीकरण गरेका थिए । 

फाइनान्सले हालसम्म गरेको प्रगति विवरण र अबको वर्षमा गर्ने कार्ययोजनाका विषयमा तयारी स्वरुप यो कन्फ्रेन्सको आयोजना गरिएको सिइओ तोयराज अधिकारीले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved