नेशनल माइक्रोफाइनान्सको मोवाइल र एसएमएस बैकिङ शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 09:49:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले पाँचौँ बार्षिक उत्सवको अबसरमा मोवाइल बैकिङ र एसएमएस बैकिङको शुरुवात गरेको छ । माइक्रोफाइनान्सले धादिङ शाखाकी सदस्य कोपिला श्रेष्ठको खातामा रु ५०० जम्मा गरि उक्त मोवाइल बैकिङ सेवाको शुरुवात गरेको हो ।

ग्राहकले संस्थाको मोवाइल बैकिङ सेवा वाट युटिलिटि पेमेन्ट,  मोवाइल रिचार्ज तथा रकम ट्रान्फरको साथै अन्य सेवा प्राप्त गर्न सक्नेछन भने एसएमएस बैकिङबाट सदस्यहरुले गरेको बचत तथा कर्जाको कारोवारको विवरण र अन्य सुचना एस.एम.एस. मार्फत जानकारी प्राप्त गर्नेछन 

साथै संस्थाले बार्षिक उत्सवका अवसरमा धादिङमा अवस्थित आमाको माया छात्रवासमा आश्रय लिएका २५ जना अनाथ बाल बालिकाकोलागीे एक थान कम्प्युटर, खेलकुद समाग्री लगायत आवश्यक अन्य भौतिक सामाग्री छात्रवासलाई प्रदान गरेको छ।

साथै पाचौ वार्षिक उत्सवका अवसरमा संस्थाका देशै भर रहेका शाखा कार्यालयहरुले आ आफ्नो ठाउमा सरसफाई, वित्तिय साक्षरता, बृद्धवृद्धालाई सहयोग, अस्पतालका विरामीलाई फलफुल वितरण गरेको संस्थाले जनाएको छ ।

संस्थाले हाल देशका ३८ जिल्लामा ५० वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved