प्रोग्रेशिभ फाइनान्सको अध्यक्षमा दोहोरिए किशोर महर्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 10:02:14 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्सले आइतबार नयाँ संचालक समिति चयन गर्दै एक्काइसौं तथा बाइसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभाले नयाँ संचालक समितिमा संस्थापक समूहबाट किशोर कुमार महर्जन, लक्ष्मी प्रसाद महर्जन एवं शम्भुलाल डंगोल तथा सर्वसाधारण समूहबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन एवं सविना महर्जनलाई सञ्चालकमा निर्विरोध चयन गरेको छ । 

साधारण सभा लगत्तै बसेको नवनिर्वाचित संचालक समितिको सहमतिय बैठकले किशोर कुमार महर्जनलाई पुनः अध्यक्षको रुपमा सर्वसम्मतिबाट चयन गरेको छ । नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत रोशनकुमार बजिमयले प्रमाणपत्र वितरण गरेका छन् ।

सभामा किशोर कुमारले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे बताए । उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरुबारे पनि प्रष्ट पारे । 

सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६का निम्ति बाह्य लेखापरीक्षकका रुपमा एस.एम.सी एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका निम्ति प्रस्तुत विषयहरु सर्वसम्मतिले पारित गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved