एनएमवि लघुवित्त वित्तीय संस्थाले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको एक परिवारलाई आर्थिक सहयोग गरेको छ। संस्थाले पालिकाको गोपेटार स्थीत स्वर्गिय सुजाता तामाङको घरपरिवारलाई ९लाख २५ हजार ४ सय १६ रुपैया आर्थिक सहयोग प्रदान गरेको हो ।
संस्थाका प्रदान गरेको रकममध्ये रु १ लाख दाहसंस्कारकै क्रममा हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । साथै ५ लाख पचास हजार रुपैया संस्थाको तर्फवाट र संस्थामा कार्यरत कर्मचारीको तर्फवाट रु २ लाख ७५ हजार ४ सय १६ को चेक संस्थाका सहायक महाप्रवन्धक रामप्रसाद मिश्रले मृतकको बुवा बुद्धविर तामाङलाई हस्तान्तरण गरेका छन् ।
हिलिहाङ गाउँपालिकाको तर्फवाट रु ५० हजार, हिलिहाङ गाउँपालिकामा अवस्थित बैंक तथा वित्तीय संस्थाका तर्फवाट रु १२ हजार, स्थानीय बुद्धिजीवि तथा एनएमवि लघुवित्त वित्तीय संस्थावाट निर्माण गरिएको समूहवाट रु ३६ हजार गरि कुल रकम १० लाख २३ हजार ४ सय १६ रुपैया समेत मृतकको परिवारलाई हस्तारन्तरण गरिएको संस्थाले जनाएको छ ।