३८० प्रतिशतले बढ्यो मर्जमा जान लागेको जनसेवी लघुवित्तको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 05:14:32 PM मा प्रकाशित

laxmi  sunrise bank

जनसेवी लघुवित्तको मुनाफा ३८० प्रतिशतले बढेको छ ।अघिल्लो आर्थिक बर्षमा ६० लाख ५२ हजार मात्र नाफा आर्जन गरेको संस्थाले गत आर्थिक बर्ष २ करोड २९ लाख ५९ हजार नाफा कमाएको हो ।

संस्थाका प्रमूख कार्यकारी अधिकृत कमल खत्रीले  लक्ष्य भन्दा ९ प्रतिशतले बढी मुनाफा कमाएको बताएका छन् । संस्थाले गत आर्थिक बर्षको अन्तसम्ममा ६६ करोड ११ लाख कर्जा लगानी गरेको छ  । त्यस्तै संस्थाले  १७ हजार सदस्यबाट १९ करोड ६३ लाख बचत रकम संकलन गरेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी १४ करोड ४३ लाख ३० हजार रहेको छ । संस्थाले गएको आर्थिक बर्षमा ४ वटा शाखा कार्यलय थप गरी २५ वटा कार्यलय मार्फत सेवा प्रदान गरिरहेको छ । 

कम्पनीले कालिका लघुवित्तसँग मर्जरको लागि सम्झौता गरेको छ  ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved