गुडविल फाइनान्सले २५ करोडको ऋणपत्र बिक्रि गर्ने, यस्ता छन लगानीकर्तालाई फाइदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 12:15:54 PM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्स कम्पनी लिमिटेडले ऋणपत्र (डिबेन्चर) निष्काशन गर्ने भएको छ। फाइनान्सले ७ बर्ष अवधि भएको २५ करोड रुपैयाँ बराबरको  “१२% गुडविल फाइनान्स लिमिटेड डिवेञ्चर २०८३” ऋणपत्र निष्काशन गर्न लागेको हो। 

एक हजार अंकित मुल्यको दुई लाख ५० हजार कित्ता ऋणपत्रको ६० प्रतिशत निजि संस्थाको लागि छुट्याइएको छ भने बाँकी ४० प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको छ।

७ बर्षमा ऋणपत्रको सावाँ र अन्तिम ६ महिनाको ब्याज एकमुष्ट भुक्तानी हुनेछ। ऋणपत्रको व्याजदर १२ प्रतिशत हुनेछ। व्याज अर्धवार्षिक रुपमा ६÷६ महिनामा ( श्रावण १ गते र माघ १ गते) वितरण हुनेछ। व्याज रकम गुडविल फाइनान्स लिमिटेडको जुनसुकै शाखाबाट पनि लिन सकिने जनाइएको छ।    

ऋणपत्र निष्काशनको लागि फाइनान्सले एनआईबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ। ऋणपत्रको लागि इकरा नेपालले इक्रा एनपी एल डबल बीबी रेटिंङ दिएको छ। यसको अर्थ फाइनान्सको ऋणपत्रको अवस्था औषत भन्दा राम्रो छ लगानीको लागि उपयुक्त छ भन्ने हुन्छ।    

नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन बमोजिम फाइनान्सको वित्तीय एवं आर्थिक कारोबारलाई विस्तार गर्नका लागि आवश्यक पुंजी संकलन गर्ने उदेश्यले ऋणपत्र निष्काशन गर्न लागिएको फाइनान्सले जनाएको छ।  

ऋणपत्रको विवरण:

 गुडविल फाइनान्सको विवरण:

फाइनान्सको २०७६ असार मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसारको वित्तीय विवरण:


यस्ता छन लगानीकर्तालाई फाइदा:

-दिर्घकालिन लगानीमा आकर्षक प्रतिफल ।

-वजारमा भैरहने अल्पकालिन तथा दिर्घकालिन व्याजदरको परिवर्तन को झन्झट बाट छुटकारा ।

-आफुलाई आवस्यक परेको बेलामा धितो पत्र बजारमार्फत बिक्रि गर्न सकिने ।

-ऋणपत्रको धितोमा कर्जा लिन सकिने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved