हेरचार डटकम तथा युनाइटेड फाइनान्स United Finance Limited बीच मर्मत तथा सम्भार सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र हेरचारका प्रबन्धक उत्सव भट्टराइले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार फाइनान्सका ग्राहकहरुले हेरचार मार्फत मर्मत तथा सम्भार सम्बन्धि कार्यहरुको सेवा शुल्कमा दश प्रतिशत छुट पाउनेछन् ।