एससिटि नेटवर्कमा गुहेश्वरी मर्चेण्ट फाईनान्स आवद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 12:57:02 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटि) संग गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्स Guheswori Merchant Banking & Finance Limited आवद्ध भएको छ । फाईनान्सका ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने उदेश्यले आइतबार दुई संस्थाबीच सम्झौता भएको हो । 

सम्झौतामा एससिटिका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र गुहेश्वरी फाईनान्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यसबाट फाईनान्सका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो, छरितो, मितव्ययी र सरल ढंगले बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त हुने जनाइएको छ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगद रहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिजको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको बताइएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीले गरेको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved