नेपाल फाइनान्समा २ जना संचालक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 12:55:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्सको रिक्त रहेको सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा रोजीना श्रेष्ठ नियुक्त भएकी छिन् । पानस इनभेष्टमेन्टको तर्फबाट बाँकी कार्यकालको लागि श्रेष्ठ संचालक पदमा शुक्रबार नियुक्त भएकी हुन् । 

यस्तै संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा आनन्द कृष्ण ताम्राकारलाई शुक्रबार सम्पन्न ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको जनाइएको छ । ताम्राकार कृषि बिकास बैंकमा ३० बर्ष कार्य गरी अबकास प्राप्त भैसकेका छन् । 

संचालक नियुक्ती पश्चात संस्थामा ७ जनाको संचालक समिति पुगेको छ । जसमा प्रा.हिरेन्द्रमान प्रधान अध्यक्ष , चन्द्र कुमार राई , दिप्रश शाक्य , राजन प्रजापती , लक्ष्मी महर्जन रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार सहितको संचालक समिति भएको फाइनान्सले जानकारी दिएको छ ।

फाइनान्स बिगत ५ बर्षदेखि समस्याग्रस्त अबस्थामा रहेकोमा २०७६ मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सशर्त फुकुवा भई सामान्य अबस्थामा कारोबार शुभारम्भ भएको हो । फाइनान्सले आषाढ मसान्त सम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रबाह गरेको जानकारी दिएको छ । संस्थाको विगत ८ आर्थिकको बार्षिक साधारण सभा समेत भाद्र ११ गते बस्ने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved