बेष्ट फाईनान्सका ग्राहकलाई चिप बेस एटिएम कार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 06:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाईनान्स Best Finance Company  ले ग्राहकलाई चिप बेस एटिएम कार्ड प्रदान गर्ने भएको छ । फाईनान्सले एससिटि नेटर्वक कम्पनीसंगको सहकार्यमा चिप बेस एटिएम कार्ड सेवा प्रदान गर्ने भएको हो ।

फाईनन्स र उक्त कम्पनीबीच सोमबार यस सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा फाईनान्सको तर्फबाट प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारी र कम्पनीको तर्फबाट कामू प्रमूख कार्यकारी अधिकृत दिपेश मास्केले रुपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौंतापछि सबै प्राविधिक तयारी पुरा भएपछि फाईनान्सले छिटै ग्राहकलाई चिप बेस एटिएम कार्ड प्रदान गर्ने फाईनान्सका प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारी बताए । त्यस्तै कम्पनीका कामु प्रमूख कार्यकारी अधिकृत दिपेश मास्केले फाईनान्ससंगको यो सहकार्यले कम्पनी उत्साही भएको बताउदै उत्कृष्ट सेवा प्रदान गर्न तत्परकताका साथ लाग्ने बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved