प्रोग्रेशिभ फाइनान्सद्वारा एक साथ २ शाखा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 05:15:52 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited  ले एक साथ दुईवटा शाखा विस्तार गरेको छ । फाइनान्सले इटहरी उपमहानगरपालिका ६ र भरतपुर महानगरपालिका ३ मा एक साथ शाखा विस्तार गरेको हो । 

यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह हुने जनाएको छ । देशका प्रमुख शहरहरुमा शाखा स्थापना गरी सरल तथा सहजवित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप यो शाखा कार्यालय स्थापना गरिएको जनाइएको छ ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोरोनाको महामारीकाबीच स्थापना गरिएको नयाँ शाखाहरुले इटहरी तथा भरतपुरका नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलो मै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved