प्रोग्रेशिभ फाइनान्स २६औं बर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 05:39:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स २५औं वर्ष पुरा गरि २६ औं बर्षमा  प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा फाइनान्सले आफ्नो सेवा थप परिष्कृत र परिमार्जित गर्दै विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचान गरी कार्यक्षेत्र विस्तारमा ध्यान दिइने जनाएको छ । 

लगानीलाई आकर्षक प्रतिफल प्रदान गर्न विविध क्षेत्रहरुसमेत सहकार्य गर्दै लगानी विस्तार गर्ने तथा देशव्यापी रुपमा बैंकिङ्ग पहुुँचबाट बन्चित रहेका निम्न तथा मध्यम वर्गिय परिवार समक्ष वित्तीय सेवा पु¥याउने उद्देश्यका साथ फाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले बताए ।

२०७६ बैसाख १५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको वित्त कम्पनीलाई निर्धारण भएको चुुक्ता पूूँजी ८० करोड पु¥याएपश्चात यस संस्थाले नयाँ गति लिएको हो । आधुनिक प्रविधियुक्त बैंकिङ, शाखा सञ्जाल विस्तार, व्यवसायिक क्षमता अभिवृद्धि जस्ता कारणहरुले यस प्रोग्रेशिभ फाइनान्सले आफ्नो वित्तीय स्वास्थ्य सुधार गरिरहेको बैकका अध्यक्ष किशोर कुमार महर्जनले जानकारी दिए ।

फाइनान्सले हाल १० वटा शाखा तथा ४ वटा एक्सटेन्सन कार्यालयहरुबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved