
 2mb (1).gif)
नेपाल फाइनान्स Nepal Finance ले नवलपरासीको गैडाकोट बजारमा आफ्नौ पाँचौँ शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले उक्त शाखाको उद्घाटन गरे ।
निजि क्षेत्रको लगानी रहेको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको नेपाल फाइनान्सको काठमाडौँस्थित कमलादीमा केन्द्रिय कार्यालयसहित पुल्चोक , काभ्रेको बनेपा र रुपन्देहीको मुर्गियामा शाखा छन् ।
त्यसैगरी नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी ५५ करोड पुग्ने छ ।