युनाईटेड फाईनान्सको नयाँ शाखा रुपन्देहिको मणिग्राम र तानसेनको पाल्पामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 05:07:42 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको प्रतिष्ठित कम्पनी मुथुट फाईनान्सको लगानी रहेको युनाईटेड फाईनान्स United Finance Limited  ले २५औं र २६औं शाखा रुपन्देहिको मणिग्राम र तानसेनको पाल्पामा सञ्चालनमा ल्याएको छ ।

मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव)  र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक प्रभा पाण्डेले तथा पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक मनिष कुमार खेमकाले संयूक्त रुपमा गरेका हुन् । दुबै शाखाले आज देखि नै विधिवत रुपमा बैंकिङ्घ कारोवार सञ्चालनमा ल्याएको  छ ।

नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २६ पुगेको छ । चुक्ता पुँजी तथा शाखा सञ्जालको हिसावले नेपालको सबै भन्दा ठुलो फाइनान्स कम्पनी युनाईटेड फाईनान्स लिमिटेडले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई सरल रुपमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved