नेपाल वित्तीय संस्था संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: तुलाधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2021 | 05:07:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वित्तीय संस्था संघले निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ । संघको आज सम्पन्न साधारणसभाले निर्बिरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । 

जस अनुसार संघको अध्यक्षमा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधार चयन भएका छन् । उनी यसअघिको कार्यकालमा पनि अध्यक्ष थिए। 

त्यस्तै संघको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्सक  सुनिल पन्त, द्वितीय उपाध्यक्षमा पोखरा फाइनान्सका रविचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका अनिल श्रेष्ठ, र कोषाध्यक्षमा नेपाल फाइनान्सका उद्धवराज थपलिया निर्विरोध चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा मन्जुश्री फाइनान्सका सन्तोष निरौला, सेन्ट्रल फाइनान्सका रजोज्ञमन श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका लिलामणि न्यौपाने, प्रोग्रेशिभ फाइनान्सका विशाल हुमागाई, गोर्खाज फाइनान्सका लाल अहादुर थिंग, र वेस्ट फाइनान्सका उमेशसिंह भण्डारी सर्वसम्मत चयन भएका छन् । 

साधारणसभाले अध्यक्षको प्रतिवेदन र अन्य वित्तीय विवरणहरु पारित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved