नेपाल फाइनान्सको छैठौं शाखा कास्कीको भुर्जुङ्गखोलामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 04:15:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्स Nepal Share Markets and Finance  ले आफ्नो छैठौं शाखा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं. २ भुर्जुङ्गखोलामा संचालनमा ल्याएको छ । आज आइतबार संस्थाका संचालक समिति अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधान शाखा उद्घाटन गरेका हुन् । 

 निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको कम्पनीले हाल काठमाडौ महानगरपालिका–२८ कमलादीमा केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र नवलपुरको गैंडाकोटमा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ । कम्पनीले जनकपुरको धनुषाधाम र मकवानपुरको हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर समेत यसै आ.ब.मा संचालनमा ल्याउने गरी तयारी गिरिरहेको जनाएको छ । यस संगै संस्थाले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ भने, सम्पूर्ण डिजिटल बैंकिग सेवा समेत छिट्टै संचालनमा ल्याउने गरी तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved