समृद्धि फाइनान्सले रेमिट्यान्स सेवा पनि प्रदान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 02:07:09 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स कम्पनी लिमिटेड Samriddhi Finance Company ले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै समृद्धि मोवाइल बैंकिंग एपबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त यस फाइनान्सले रेमिट्यान्स सेवा अन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरेको हो । 

सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरमै बसी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको रेमिट्यान्सबाट “सेन्ड मनी” मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सकिने यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने बताईएको छ ।

यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको रेमिट्यान्सबाट ‘रिसिभ मनी’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन गर्न सकिने छ ।

कम्पनीले संचालनमा ल्याएको Samriddhi mBank Application  बाट ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट सामानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नूका साथै मोबाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्ने कम्पनीले बताएको छ  । हाल फाइनान्स कम्पनीका सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेबीट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिइ निशुल्क प्रदान गर्दै आएको समेत जनाएको छ  । 

फाइनान्सले पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved